News Details

Home

/

News Details

फाल्गुन १९, २०, २१, २२, २३ गते बिदा सम्बन्धमा

News

Sunday, March 1, 2026

मिति: २०८२/११/१७

आदरणीय अभिभावकज्यूहरू,

 नमस्कार ।

 

नेपाल सरकारद्वारा घोषित सार्वजनिक बिदा तथा पूर्व निर्धारित कार्यतालिका अनुसार यस विद्यालयको नियमित पठनपाठन एवं प्रशासनिक कार्यहरु निम्न मितिहरूमा बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।

 

·         १९ फाल्गुन २०८२फागु पूर्णिमा (होली) पर्वको अवसरमा

·         २०, २१ र २२ फाल्गुन २०८२निर्वाचन प्रयोजनार्थ नेपाल सरकारद्वारा घोषित सार्वजनिक बिदा

·         २३ फाल्गुन २०८२नियमित साप्ताहिक बिदा (शनिबार)

·         २४ फाल्गुन २०८२अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा

 

उपरोक्त बिदापश्चात् विद्यालय २५ फाल्गुन २०८२ सोमबार देखि यथावत् समयमा नियमित रूपमा सञ्चालन हुनेछ ।

यस अवधिमा विद्यार्थीहरूलाई होली पर्व मर्यादित, सुरक्षित र सभ्य ढंगले मनाउन अभिभावकज्यूहरूले विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौं । साथै निर्वाचनको समयमा सम्भावित भीडभाड, आवतजावत तथा सार्वजनिक गतिविधिहरूलाई मध्यनजर गर्दै बालबालिकाको सुरक्षा, आवागमन र गतिविधिमा आवश्यक सतर्कता अपनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

विद्यार्थीहरूले बिदाको समयलाई अध्ययन, रचनात्मक क्रियाकलाप तथा सकारात्मक अभ्यासमा उपयोग गर्न प्रेरित गरिदिनुहुन पनि अनुरोध गर्दछु ।

 

धन्यवाद

 

अनुप शर्मा

प्रिन्सिपल 

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd